नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचिकृत भएको छ।
आइजे ग्लोबल युरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो। जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ।
आइजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ। जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गरिन्छ।
नविल बैंक १४ औं स्थानमा परेको बैंकले बताएको छ।
बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरूसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ।