एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापनको सहसंयोजक जिम्मेवारी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्।
यसअघि स्थायी कमिटी सदस्य रामबहादुर थापाले महाधिवेशन मूल व्यवस्थापनको संयोजकको जिम्मेवारी पाइसकेका छन्।
एमालेको दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकले थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको हो।
मूल व्यवस्थापन कमिटीको सचिव विष्णु पौडैल र सदस्यहरुमा पृथ्वी शुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई रहेका छन्।
त्यस्तै, अन्य सदस्यहरूमा देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्भक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन्।
एमालेको दसौं महाधिवेशन मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ।