बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट करिब एक तोला सुनको सिक्री लुटपाट भएको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्यूठान झिमरुक गाउँपालिका-१ घर भएका २८ वर्षीय नवीन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ चमती विनायक बस्तीबाट उनलाई उक्त सिक्रीसहित पक्राउ गरेको हो।