चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरू गरेका छन्।
आइतबारदेखि बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि गरेको आन्दोलन आज पनि जारी छ।
सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सीमाङ्कन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरू घर खोजिरहेका छौं, तिमीहरू बस्ती जलाउँछौं, बाँदरझुला सुकुम्बासी बस्ती व्यवस्थापन गर, लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ।
तस्बिरहरू:











