ज्योति लाईफ इन्स्योरेन्स र काठमाडौं ग्रुप अफ होटेल्सबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बीमा कम्पनीसँग आबद्ध सबैले काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन) लगायत सबै होटल तथा रिसोर्टहरुमा पूmड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट पाउने छन्।
सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूखश्री प्रकाशबिक्रम खत्री र काठमाडौं ग्रुपअफ होटल्सका प्रबन्ध निर्देशक दिवकर राजकर्णिकरले हस्ताक्षर गरे।