माछापुच्छ्रे बैंक लिको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स ‘सिजन सिक्स’को आयोजना हुने भएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक लि र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच कर्पोरेट सुपर सिक्स ‘सिजन सिक्सको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि यो वर्षको कर्पोरेट सुपर सिक्स टुर्नामेन्टको नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्स ‘सिजन सिक्स टुर्नामेन्ट रहने भएको छ।
माछापुच्छ्रे बैंक लिको १ सय ४१ वटा शाखाहरु, १३० शाखारहित बैकिङ सेवा गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएम रहेको छ।