साताको दोस्रो दिन सोमबार सेयर बजार ३२ दशमलव ०३ अंकले बढेर २६१६ दशमलव ९४ को विन्दुमा पुगेको छ।
दिनभरीमा २३० वटा कम्पनीको ८२ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ५० हजार रुपैयाँको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक अन्य सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७ दशमलव ०४ प्रतिशत बढेको छ।
त्यसैगरी लघुवित्त र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने ० दशलमव ०३ प्रतिशत घटेको छ।
आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २८ करोड ४४ लाख ७० हजार रकम सेयर कारोेबार भएको छ। त्यस्तै अपि पावरको १८ करोड २९ लाख ९३ हजार, शिवम् सिमेन्टको १६ करोड २६ लाख ५२ हजार, नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख ९४ हजार रकमको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९ दशमलव ४५ प्रतिशत बढेको छ।
त्यसैगरी रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीका लगानीकर्ताले २ दशमलव ५९ प्रतिशतले गुमाएका छन्।