अनलाइन बजार दराज नेपालको ‘महाबचत बजार २०८२’ योजनामा सानिमा बैंकले ग्राहकका लागि विशेष छुट सहयोग गर्ने भएको छ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने भएका हुन्।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा न्यूनतम दश वा अधिकतम पाँचसय प्रतिशतसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा न्यूनतम १५ वा अधिकतम सात सय ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना साउन २ गतेदेखि १५ गतेसम्मका लागि लागू हुने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटिएम संचालनमा छन्।