विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनुपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
आज बिहिबार छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर नेपालमा एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको छ।
अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ १९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा पुगेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंककाअनुसार अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ३ पैसा पुगेको छ भने क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा पुगेको छ। यता साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा पुगेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९२ रुपैयाँ १२ पैसा पुगेको छ भने यसको बिक्रीदर बढेर ३ सय ९४ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको छ।
अमेरिकी, युरोपियन र अष्ट्रेलियन डलरबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
