शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष बैंकले १०.९३ बोनस सेयर र ०.५७ प्रतिशत नगल लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो।