सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँमा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ७२ पैसा र बिक्रीमा १५८ रुपैयाँ ४४ पैसा पाइन्छ।
आइतबार पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज पाउण्ड १७ पैसा घटेको हो।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ११ पैसा र बिक्रीमा २९ रुपैयाँ २४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ २० पैसा र बिक्रीमा ४२६ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४८ पैसा तोकिएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९, ००:२७:४७