नेपाली समाजमा धेरैलाई आफ्नो जीवनमा एउटा घर जोड्ने सपना हुन्छ।
पोखरा बिरौटाका मुकेश घिमिरेले पनि यस्तै सपना साँचेका थिए। पुर्खौली घर धादिङ भएको उनको परिवार १२ वर्षअघि नै पोखरा सरेको थियो।
यो अवधिमा उनीहरूले बहालमै बिताए। उनीहरूले यसबीच बहालका दुई/तीन वटासम्म घर परिर्वतन गरे।
पछिल्लो समय बहालको घर छोड्दा उनले मासिक १५/२० हजार तिर्दै आएका थिए।
'यसरी मासिक तिरिने पैसाबाट त घर नै किन्न सकिने रहेछ,' घिमिरेले भने, 'त्यसैले अहिले अलिअलि जम्मा भएको रकम र कर्जा लिएर घर किनेका छौं।'
नबिल बैंकबाट मासिक ३९ हजार रूपैयाँ तिर्ने गरेर २० वर्षको लागि मुकेशले पोखराको बिरौटामा घर किनेका छन्।
आधार दरमा मात्रै ०.७५ प्रतिशत ब्याज र ०.५ प्रतिशत शुल्क थप हुने गरेर उनले घर कर्जा पाएका हुन्।
'प्रक्रिया सरल रहेछ, केही महिनामै ऋण पनि पायौं,' घिमिरेले भने।
चितवनकी नानु कार्कीले पनि नबिल बैंकबाट सजिलोसँग कर्जा पाइन्। उनले कर्जा लिएको करिब डेढ महिना मात्रै भएको छ। बच्चा पढाउन भन्दै चितवन सरेकी कार्की नबिल बैंकको पुराना ग्राहक समेत हुन्।
'दमौलीमा साढे एक तले ढलान घर थियो। त्यो बेचेको पैसा र ५० लाख ऋण गरेर चितवनमा नयाँ घर किनेकी हुँ,' कार्कीले भनिन्।
श्रीमान १६ वर्षदेखि विदेशमा थिए। दमौलीमा हुँदा उनले होटेल व्यवसाय पनि गर्थिन्। यसरी जम्मा भएको रकम र नबिल बैंकबाट ६.५ प्रतिशत ब्याजदरमा घरकर्जा लिएर उनले नयाँ घर किनेकी हुन्।
दमौलीको पहिलो घर पनि उनले नबिल बैंकबाट ऋण लिएर खरिद गरेका थिए।
१० वर्ष अवधि मासिक ५२ हजार हाराहारी किस्ता। अहिलेको घरमा दुई कोठा भाडामा पनि लागेको छ।
'पैतृक सम्पत्ति छ/छैन थहा भएन। श्रीमान काठमाडौंका बासिन्दा भए पनि धेरै अघि दमौली सरेका हुन्,' कार्कीले थपिन्, 'तर, नबिल बैंकबाट ऋण लिँदै व्यवासाय गरे, अहिले नयाँ घर पनि त्यहीबाट ऋण लिएर किनेकी हुँ।'
नबिल बैंकले ३५ वर्षसम्मको लागि अहिले कर्जा दिन्छ। त्यस्तै यस्तो कर्जा लिनेले आजीवनको लागि बिना शुल्क क्रेडिट कार्ड पाउन सक्छ। यदी कसैले अग्रिम ऋण तिर्न चाहेमा पनि कुनै शुल्क नलाग्ने बैंकले बताएको छ।
पछिल्लो समय बैंकहरूमा बढेको अधिक तरलताको कारण घरकर्जा लयागतको ब्याजदर समेत निकै घटेको छ। केही वर्षअघि १३ प्रतिशतभन्दा माथिसम्म पुगेको आवासीय कर्जाको ब्याजदर गत चैतमा औसत ८.४४ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
सरकारले समेत पहिलो घर खरिदको लागि नागरिकहरूलाई प्रोत्साहित नै गरेको छ।
दुई करोड रूपैयाँसम्मको पहिलो आवासीय घर कर्जामा धितोको ७० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ। अन्य रियल स्टेट कर्जामा धितोको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्था गरिएको छ।