वाइवाई ग्लोकल टिन हिरोका लागि ६ प्रतिस्पर्धी युवा छनोट भएका छन्।
यसरी छनौट भएकाहरुमा आविश्कारक विकल्प ढुंगाना, लेखिका दिपशिखा घिमिरे, सामाजिक अभियन्ता प्रशंसा केसी, उद्यमी सौगात तिवारी, इकोप्रेनर सुदर्शन सुवेदी र सामाजिक उद्यमी स्वर्णिम श्रेष्ठ रहेका छन्।
किशोर किशोरीले आफ्नो उद्यम ज्ञानलाई सामाजिक हितमा प्रयोग गर्ने उद्देश्यले वाइवाइ ग्लोकल टिनको कार्यक्रम भएको हो। यस मन्चमार्फत उनीहरुले आफ्नो उद्यमबाट समाजलाई परिवर्तन गर्न सकिने विषयलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा प्रस्तुत गर्नेछन्। कार्यक्रम सुरु भएको यो चौथो वर्ष हो।
यसअघि नवलपरासीकी बाल अधिकार कार्यकर्ता बिपना शर्मा युवा वैज्ञानिक सन्तोष लामिछाने क्रमशः २०१५ र २०१६ मा पुरस्कृत भएका थिए। त्यस्तै २०१७ मा दाङका सचिन डाँगी ग्लोकल टिन हिरो बनेका थिए।
यस वर्ष देशभरबाट ४ सय स्कूल तथा कलेजका ५० हजार किशोरकिशोरीले सहभागिता जनाएका थिए। सहभागीमध्ये उत्कृष्ट ६ जना छनौट भएका हुन्।