नागरिक लगानी कोषको खुद नाफा ५ करोडले बढेको छ। कोषले यस आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ७७ लाख खुद नाफा कमाएको छ। गत वर्षको यस अवधिमा कोषको नाफा २३ करोड ७९ लाख थियो।
कोषको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँले बढेको छ। कोषले चैत मसान्तसम्म कुल १ खर्ब २२ अर्ब रकम संकलन गरेको छ।
संकलित रकममध्ये मुद्दती निक्षेपमा सबैभन्दा बढी ७६ अर्ब ६५ करोड लगानी गरिएको छ। मुद्दती निक्षेपमा उच्च रकम लगानी गरिएका कारण व्याज आम्दानी बढेको छ। ९ महिनाको अवधिमा ३ करोड ७० लाख व्याजवापत आम्दानी भएको छ।
कोषको १ अर्ब १० करोड चुक्ता पुँजी रहेको छ।