नयाँ नेतृत्व चयनका लागि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको चुनाव आगामी असोज ७ गते काठमाडौंमा हुने भएको छ ।
असोज ७ गते काठमाडौं हायात होटलमा संघ २७ को औं साधारणसभा आयोजना गरिएको छ । साधारण सभाले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष रोहन गुरुङले बताए। अध्यक्षका लागि ३ जना आकांक्षी छन् ।
हालका महासचिव सरोज पोखरेल, प्रथम उपाध्यक्ष रामप्रसाद भान्तवा र बिष्णु गैह्रेले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
सभाले अध्यक्षसहित प्रथम, द्धितिय र तृतिय उपाध्यक्षमा ३ जना, महासचिवमा एक जना, सचिवमा एक जना र बाँकी सदस्यहरुगरी २२ जना चुन्ने छ।