नेपाल अफर्स डटकमले विभिन्न कम्पनीले ब्रान्ड तथा व्यवसायको बजार विस्तार गर्न ल्याउने अफरहरुलाई एउटै डिजिटल प्लेटफर्ममा समावेश गरेको छ।
ती अफरहरुलाई नेपाल अफर्सले निःशुल्क आफ्नो वेबसाइट तथा सामाजिक संजालबाट प्रचार गर्न थालेको नेपाल अफर्सको सञ्चालक कम्पनी वाफ्ट टेक्नोलोजी प्रालीका सिइओ राजन जैसवालले बताए।
जुनसुकै कम्पनी, ब्रान्ड वा व्यवसायको अफरहरुलाई यसले प्रवद्र्धन गरिदिने सञ्चालक जैसवाल बताउँछन्।
निःशुल्क पोस्ट गरिने अफरअन्तर्गत निःशुल्क बुस्ट गरिन्छ।
आफ्नो अफरका विशेषताबारे कम्पनीमै सम्पर्क गर्नुपर्ने जैसवाल बताउँछन्।
‘अफर सार्वजनिक गर्न इच्छुक कम्पनी तथा व्यवसायीहरुले नेपाल अफर्सको एन्ड्रोइड मोबाइल एप वा वेबसाइटमा गएर लगइन गर्नुपर्छ। त्यसपछि आफ्नो कम्पनीको अफर आफैं पोस्ट गर्न सकिन्छ,’ उनले भने।
फेसबुक, इमेल वा गुगलआइडीबाट नेपाल अफर्स डटकम लगइन गर्न सकिन्छ।
अफरहरु नेपाल अफर्सले प्रमाणित गरिसकेपछि वेबसाइटमा लाइभ हुन्छ। फेसबुक र इन्स्टाग्राममा समेत सेयर हुने बताइएको छ।
१८ महिनादेखि सञ्चालनमा आएको डटकममा अहिलेसम्म ७० बढी कम्पनीहरु आवद्ध छन्। १२ सय बढी अफरहरु दर्ता भइसकेको कम्पनीले बताएको छ।