हलक्क मकैको बढाइले
सलक्क छोरीका स्कुले बिल
बढेर गए
जागिरको भोकले छोडेका
बारीका डिल
बगेर गए!
महिना बित्छन्
रासन, स्कुल, घर, दबाइका बिल
बाटो घेर्छन्
बुझाउँछु
र कुर्छु
पल्लो महिना!
एवम् रीतले चलेको छ
जिन्नकी
छुट छैन
धक फुकाएर खान लाउन
बिरामी भई
डाक्टर धाउन!
बा-आमा त
परै जाओस्
जहानको सौभाग्य जुटाउन
केटाकेटीका वरापरी
अनि फर्माइको सम्बोधन
सकसको छ!
खाइ नखाई
मलाई पढाएका
बाको ठाउँमा छु आज
बनेँ तर
हात पसार्न सक्दिनँ
व्यवहार टार्न सक्दिनँ!
सँगैका साथी
विदेशको उडान भरे
आ-आफ्नै पेसा गरे
म अल्झिएँ
सरकारी नुनको सपनामा
इमानको रुझानमा!
र त
मर्नु न मोटाउनु भएको छ
नीति र नजर नागरिकको
चुनौतीपूर्ण
जागिर जो
बनेको छ!
लगातार
तीन साल भयो
यो साल पनि बजेट आयो
झर्ला र खाउँलामै गयो
मकै हलक्क बढे
तर
तनखा बढेन!
६८ का बा-आमाको
भत्ताको उमेर
७० भयो
मेरो तनखा
तँ नखा भयो!