केही समय अघि संसोधन भएको सार्वजनिक खरिद नियमावली फेरि संसोधन भएको छ।
नियमावलीको छैटौ संसोधनले ठेकेदारले पचास प्रतिशतभन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था गरेको थियो। ठेकेदारको विरोध आएपछि सातौ संसोधनबाट उक्त व्यवस्था परिमार्जन गरिएको हो।
सातौ संसोधनबाट हाल ठेक्का लागेकामा नियमावली जारी भएको २१ दिनभित्र म्याद थपको निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति बढेपछि सरकारले त्यसमा कडाई गर्दै नियमावली संशोधन गरेको थियो। तर व्यवसायीहरुले सो प्रावधानले आफुहरुको व्यवसाय ठप्प हुनुको साथै निर्माण उद्योग क्षेत्रको आर्थिक गतिविधि नै ध्वस्त हुने दाबी गर्दै विरोधमा उत्रिएपछि सरकारले पुनः संशोधन गरेको हो।