सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल÷सिएफटी तालिम सम्पन्न गरेको छ।
तालिम कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।