ललितपुर महानगरपालिकाले प्रिमिएर इन्टरनेसनल आईबी वल्र्ड स्कूल, सातदोबाटोलाई विशिष्ट श्रेणीको विद्यालय सञ्चालन अनुमति दिएको छ।
शिक्षा नियमावली २०५९ को नियम १५४ को अनुसूचि २१ बमोजिम स्कूल भित्रको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तरसँगै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि गर्न सक्ने योगदान र क्षमता हेरी अनुमति दिइएको स्कुल प्रशासनले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
प्रिमिएर इन्टरनेसनल आईबी वल्र्ड स्कूलले प्रिमियर एडुकेसन नेटवर्कको अभिन्न अङ्गका रूपमा किन्डर गार्डेन देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पढाउँदै आएको छ।
शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापित प्रिमियर एडुकेसन नेटवर्क शिक्षा क्षेत्रको अग्रणी नाम बन्न सफल भएको स्कुलले ठानेको छ।
सन् २००८ मा स्थापित स्कुलले गुणस्तरीय शिक्षाको खोजीमा विदेश जानुपर्ने बाध्यतालाई कम गर्दै देशमै उच्चस्तरीय शिक्षा प्रदान गरी विश्व–बजारमा आवश्यक पर्ने अब्बल जनशक्ति उत्पादन गर्र्ने मुख्य उद्देश्यका साथ अगाडी बढाएको विज्ञप्तीमा उल्लेख छ।