Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

हेलमेट

Royal Enfield
Royal Enfield
शम्भु सुस्केरा

शम्भु सुस्केरा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

हेलमेटको मन बेचैन भएको निकै भयो। निकै मात्र के भन्नु ऊ अशान्त भएको वर्षौं भयो। हरियाली नभएको गगनचुम्बी पहाडजस्तै उराठ। सुख्खा बगरजस्तो! चारैतिर डुल्छन् उसका आँखा।

आफू वरिपरिको वातावरण सबै ठीकै लाग्छ। मान्छे हाँसीखुसी नै देख्छ। ठीकठाकको नाटक मात्र गरिरहेका हुन् कि शंका उठ्छ मनमा।

हेर्दै बलिष्ठ छ ऊ कसैले फोड्न नसक्ने। आधा रातो र आधा कालो रङमा सुन्दर छ अनुहार। हेर्दैमा खुशी देखिन्छ। तर, मान्छेजसरी हाँस्न र हाँसेको नाटक गर्न  सकिरहेको छैन।

अरुको जीवन रक्षा गर्ने उसको पवित्र उद्देश्य खण्डित भएको र मान्छेको जीवनसँगको उसको सम्बन्ध टाढिँदै गएझैँ लाग्छ। तर कसैले उसको यो मनको बोली सुनेका छैनन्।

उसको विभिन्न रंङ, आकार र क्षमतालाई मानिसले खुव प्रयोग गर्थे पहिले। प्रयोग मात्र गर्दैनथे अगाध प्रेम पनि गर्थे। विस्तारै मान्छेको प्रेम घट्दै गएको छ। कहिले यता फाल्छन् कहिले उता, न सहीढंगले प्रयोग गर्छन् न सही ठेगानमा बास दिन्छन्।

प्रयोग गर्नेले राम्रैसँग गरेका छन्। तर धेरैले उसलाई टेबलमा किताब राखेजस्तो टाउकोमा नछिराई टक्रक्क राख्छन्। कसैले पाखुरामा भिर्छन्, कसैले लेगार्डमा झुण्ड्याएर बतास जसरी हुईंकिन्छन्।

जति नै गर्मी होस् कि जाडो, वर्षा होस् कि सित, मान्छेको शीरमा सजिएर तराई, पहाड, हिमाल कति घुमेको छ कति। मान्छेका शीरमा बसेर देश दुनियाँ घुम्न पाउँदा गर्व मात्र लाग्दैन घमण्डी पनि भएको छ।

तर मान्छेसँगको सम्बन्ध यसैगरी टाढा हुँदै गयो भने उनीहरुको जीवन रक्षामा कठिनाइ त आउँछ नै उसले पनि मान्छेसँगै घुम्न पाउनेछैन। अर्को दुःखद कुरा हो उसका लागी।

वासनादार स्याम्पुले नुहाएका युवतीको शीरमा बसेर सरर घुम्न पाउँदा कम्ति रोमाञ्चित हुँदन। यसैगरी आनन्दित हुने रहर छ सधैँ। युवतीको शीरमा सजिएर आफ्ना फित्ताले उनको गाला र चिउँडोमा स्पर्श गर्दै बलियो सुरक्षा र प्रेम दिइरहन मन छ।

Ncell
Ncell

यसका लागि आफूलाई वरदान दिने महादेवसँग सधैँ हात जोडेर प्रार्थना गर्छ ऊ। तर किन हो उसको प्रार्थनाको सुनुवाई भएको छैन। युवतीहरु खुला टाउको र फिँजारिएको केश हावामा फहराउँदै स्कुटर हुईंक्याइरहन्छन्। तर उसको अलिकति पनि याद गर्दैनन्। उसको सम्झना नगरे नगरुन् तर आफ्नो केशराशी र सुनौलो जीवनलाई प्रेम गरिदिए हुने। तर गर्दैनन्।

यसरी अचेल ऊ एकतर्फी प्रेम गर्न बाध्य भएको छ मान्छेलाई। युवती मात्र होइन छोराछोरीका आमाहरु र  पुरुषकै शीरमा समेत कमै बस्न पाएको छ अचेल। उसलाई यो वर्तमानले पिरोलिइरहेकाबेला आफ्नो पूरानो विगत झिलिक्क आइदिन्छ। त्यति सजिलै उसले मान्छेको शीरमा बसेर उनीहरुको शीर कवच बन्ने अवसर कहाँ पाएको हो र!

लामो कथा छ तपस्याको।

चानचुने तपस्याले महादेवलाई खुशी पारेको थिएन उसले। आजजस्तै प्राचीन युगमा पनि उसको जीवन आफ्ना लागि नभइ अरुकैलागि समर्पित थियो। अरुको जीवन र स्वास्थ्य सुरक्षाका लागि थियो। तर पनि आफ्नो काममा रमाउन सकेको थिएन। आफ्नो जिम्मेवारीसँग त्यति सन्तुष्ट थिएन।

उसबेला  काठको खराउ थियो ऊ। देवीदेवता, ऋषिमुनि र मनुष्यहरुको पाउमा धारण भएर उनीहरुको पैतालालाई सुरक्षा प्रदान गथ्र्यो र यात्रालाई सहज बनाइदिन्थ्यो। अरुका पैतालामा चोट लाग्न र काँडा बिझ्न बचाएकोमा बेखुशी हुनुपर्ने ठूलो कारण त थिएन। तर कहिलेकाहीँ उसलाई प्रयोग गर्नेहरुले दिशापिसाब र फोहोरमैलामाथि आफूलाई हिँडाइदिँदा भने दिङमिङ लाग्थ्यो। वाकवाकी लाग्थ्यो।

अझ सानातिना प्राणीहरु र बोटविरुवा नै कुल्चिएर तिनको जीवन समाप्त पार्नुपर्दा पश्चातापले औडाहा हुन्थ्यो। अरुको हत्या गर्नु परेकोमा कयौँपटक एक्लै रोएको छ ऊ। यो पापबाट मुक्त हुन पनि उसले आफ्नो सेवा परिवर्तन गर्न खोजेको थियो।

वरदानसम्राट ब्रह्मा उसको यादमा आए। तर असुरहरुलाई समेत जे माग्यो त्यही वरदान दिएर पटकपटक देवलोक र ऋषिआश्रममा संकट निम्त्याएका ब्रह्मा मन परेन। त्यसैले महादेवको तपस्या गर्ने निधो गर्‍यो। र, वर्षौसम्म कष्टपूर्ण तपस्या गर्‍यो।

खराउको लामो र कस्टपूर्ण तपस्याबाट महादेव खुशी भए र दर्शन दिए। गलामा सर्पको माला र कम्मरमा बाघको छाला लगाएका महादेव प्रकट भए। दाहिने हातको त्रिशुल बायाँ हातमा लिए र दाहिने हातले खराउको शरीरमा शितल, शक्तिप्रकाश प्रवाह गरे केहीबेर।

खराउले आँखा खोल्यो। आफ्नै सामुन्नेमा साक्षात महादेवलाई देखेर भावविह्वल हुँदै प्रणाम गर्‍यो। ‘मलाई किन सम्झियौ खराउ? म प्रसन्न भएँ भन के वर माग्छौ?’ महादेवले प्रेम दर्शाए।

‘प्रभु! हजुर सधैं खाली खुट्टा नै सवार होइबक्सिन्छ। तर मैले देवीदेवता, ऋषिमुनि, असुर र मनुष्यको पाउमा धारण भएर उनीहरुको पैतालाको सुरक्षा गरेको छु। कति युगसम्म पैतालामुनि रहरिहनु। योभन्दा उच्च कोटीको कुनै दायित्व पाए खुशीले पुरा गर्ने थिएँ,’ भूमिका नबाँधेरै सिधा कुरा गर्‍यो उसले।

‘वत्स! सबैले आआफ्नो कर्मको फल नै भोग्ने हो। जसले केबल इमान्दार भएर आफ्नो कर्तब्य निर्वाह गर्‍यो उसले अवश्य मोक्ष प्राप्त र्छ । तर जो कर्तव्यमा बेइमान छन्, मानव र ईश्वरको पाउको सुरक्षामा लापर्वाही छन् वा धोका दिइरहेका छन् तिनले मोक्ष पाउने छैनन्। तिनको स्वरुप परिवर्तन होला तर युगौँयुग तिनले अरुका पाउमै रहनु पर्नेछ।’

‘तिमी चिन्ता नलेऊ। तिमीजस्ता इमान्दार खराउहरुले आधुनिक युगमा मानवको शीरमा रहेर उनीहरुको सुरक्षा गर्ने अवसर प्राप्त गर्नेछौ।’ यति वर दिएर महादेव अन्तध्र्यान भए । खराउ खुशीले गदगद भयो।

त्यही तपस्याबाट प्राप्त वरदानको पुण्य हो उसको यो हेलमेटको जुनी। संसारलाई हल्लाउने सक्ने मानिसको बुद्धि सुरक्षित रहने टाउकोलाई दुर्घटनाबाट बचाउने कामले साह्रै खुशी भएको हो ऊ। मानिसको शरीरको सबैभन्दा उच्च भागमा रहेको नाक, कान, आँखा, मुख र सुन्दर अनुहार समेत एकै स्थानमा रहको यति महत्वपूर्ण र संवेदनशील अंग बचाउन पाउनु सानो खुशीको कुरा होइन।

तर किन हो आजकाल मान्छेहरु आफ्नै सुरक्षाको महत्व बुझ्दैनन् र उसलाई वेवास्ता गर्छन्। के मान्छेहरु जानाजान आफैँलाई मार्न चाहन्छन् वा आफूलाई घाइते बनाएर तड्पतड्पी बाँच्न चाहन्छन्।

यो कुरा मनमा आउँदा चिन्ताले पोल्छ उसलाई। नयाँ युगका नयाँ मान्छेहरु उसको भाषा र मर्म केही बुझ्दैनन्। सेतो टोपी लगाएर सडकबीचमा धुलो धुँवाको भोजन गर्दै उसको भाषा बोलिरहेको प्रहरी देख्दा भने केही आशावादी हुन्छ।

उसलाई लाग्छ एउटी आमालेभन्दा बढी माया गरेको छ त्यो प्रहरीले अन्जान सबैलाई। ‘ए मान्छे किन काल खोजेका हौ? अकालमा नमर न, बत्तीको पुतली नहौं’ भनेको भनै छ उसले। तर उसैलाई आँखा तरेर हिँडी दिन्छन्। किन मान्छेले यसो गरेको हो बुझ्दैन।

उसको चाहना त मोटरसाइकल कुदाउने र पछाडि बस्ने दुबैले आफूलाई धारण गरुन् भन्ने हो। अर्काको लागि लगाउनु परेजस्तो चालकले नै झण्झट मान्छन् पछाडि बस्नेले के लगाउँथे। बरु पुष्प विमानजस्तो उडाएका छन्। कुदाएका छैनन्।

आफैँदेखि आफैँलाई छक्क लाग्छ। अरुकालागि किन यति चिन्तित भएको होला। मजाले ध्यान गरौँ र चिन्ता हटाउँ लाग्छ र सुरु पनि र्छ । तर जति आँखा बन्द गरेर ध्यान मग्न हुनखोज्छ तिनै मान्छेको पिरले भट्किरहन्छ मन। पुराना दृष्यहरु मनभरि आइदिन्छन्।

एकपटक ऊ एक तन्नेरी मोटरसाइकल चालकको शीरमा सजिएर शहरको रमिता हेर्दै दौडिएको थियो। अचानक तन्नेरीको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो। ऊ बलियो थियो र टुक्राटुक्रा भएन। कमजोर भएको भए आफू र चालक दुबैको टाउको फुट्थ्यो।

उसको मालिकलाई कति दुख्यो कुन्नी उसलाई धेरै दुख्यो। आखिर पोलमा बजारिएको ऊ हो। पीडा सहेर पनि उसले मान्छेको प्रतिक्रिया हेर्‍यो। मान्छे सामान्य घाइते भएछ। त्यो मान्छेको शीरबाट खसेको थिएन ऊ। यसको अर्थ मान्छे खतरामुक्त छ। यो थाहा पाएर झन खुशी भयो।

मोटरसाइकल चालककी गर्भवती श्रीमती र सानी छोरीको अनुहारको खुशी देखेर आफैँप्रति आभारी भयो। कसैले धन्यवाद नदिए पनि आफैँले आफैँलाई धन्यवाद दियो र सधैँ यस्तै राम्रो काम गर्ने प्रेरणा मिलिरहोस् भनी प्रभुसँग मनमनै प्रार्थना गर्‍यो।

यसरी मनमा बिगतको खुशी आइरहँदा आकासमा भने कालो बादल मडारिइहरको छ। बादलाई ठेल्दै पर क्षितिजबाट उराठलाग्दो घाम प्रवेश गरिरहेको छ सितलतामाथि। र त पानीपर्ला जस्तो गरेर पनि टरिरहेको छ।

बिगतका यस्ता खुशीहरुमा वर्तमानले डढेलो लाएझैँ लाग्छ। मनमनै बोल्छ ऊ मान्छेजस्तै अटेर किन भएको होला प्रकृति पनि।

आफूलाई सबैतिरबाट एक्लो र अपहेलित महसुश गरेको उसलाई लाग्छ दरर पानी दर्किए पनि शान्त हुन्थ्यो। दैनिक नुहाइधुवाइ गर्ने मान्छेले कुनै एकदिन आफूलाई नुहाइदिए शरीर पनि सुन्दर हुन्थ्यो र मन पनि सितल हुन्थ्यो। उसको यो आशा पुरा भएको छैन।

औसत काठमाडौँमा मात्र दिनमा १२ मोटरसाइकल दुर्घटना हुन्छन्। घाइते हुन्छन्, मर्छन् पनि। दिनुहँ सुनिन् यस्ता दुर्घटनाका समाचार र परिणामहरुले भतभती पोल्छ उसको छाति।

यति ठूलो शहरमा उसको चिन्ता कसैलाई थाहा छैन। न उसको मनमा पहिरो गएको कसैले देख्छ, बुझ्छ। जति प्रार्थना गरे पनि प्राचीन युगमाजस्तो अचेल महादेवको दर्शन पनि नपाइने रहेछ। बरु एकरात सपनामा आए।

भने ‘भक्त तँ किन चिन्ता लिन्छस्। तँ चुकेको होस् र कर्तव्यमा? विनासर्त अरुको चिन्तामा डुबिरहने तँजस्तो बफादार कोही छैन यस संसारमा। दोषी तँ होइनस्। आफ्नो जिन्दगीलाई सस्तो ठान्ने मूर्ख मान्छेहरु आफैँ दोषी हुन्। तँ चिन्ता मुक्त भएर मानिसले लगाएको काम गर्। तँलाई मेरो आशीर्वाद छ। अझ सशक्त र बलियो बन्दै जानू।’

मान्छेलाई सम्झाइदिनु होला। आफूले सडक र सवारी नियम त पालना गर्दैनन् नै आफ्ना बालबालिकालाई समेत जोखिममा पार्दै मोटरसाइकलको ट्याङ्कीमै राखेर हुइँक्याउँछन्। ती अबोध बालबालिकाको जीवन रक्षा हजुरकै हातमा छ। महादेवसँग यसो भन्ने मन थियो उसलाई। भन्नै नपाइ झसङ्ग व्युँझियो। महादेव उसको नजिक थिएनन्।

बरु उसको मालिककी आमाले उसलाई समातेर भुइँमा बजार्दै थिइन्। सुरुमा त केही बुझेन किन आमाले आफूमाथि आक्रोश पोख्दै रोएकी हुन् भनेर। घरमा होहल्ला, कोलाहल र रुवाबासी बढ्न थालेपछि कुरा बुझ्यो ती आमाको छोरा विवेकले आफूलाई नपहिरीकन खालीटाउको मोटरसाइकल चलाएर साथीकोमा निस्किएको रहेछ।

मध्येरातसम्म साथीसँग बसेर मादक पदार्थ सेवन गरेको ऊ फर्किंदा दुर्घटनामा परेछ र उसहित उसको पछाडि बसेको साथी समेत टाउको फुटेर मरेछ। विवेकको शव आँगनमा लडाएको देख्यो। उसको क्षतविक्षत टाउको देखेर विरक्त लाग्यो। बिलाप गरेर विवेकको छातिमा घोप्टिएर रोएकी उसकी श्रीमती पुष्पालाई हेरिरहन सकेन। आँखा चिम्म गर्‍यो, कान थुन्यो र बिगतमा बग्न थाल्यो।

तीन महिनाअघि मात्र बिहे गरेको थियो विवेकले पुष्पासँग। केही दिनअघि उनको रगत जाँच पोजेटिभ आएपछि साथीभाइलाई पार्टी दिईहिँडेको रहेछ बाबु हुन लागेको खुशीमा।

श्रीमती पुष्पाको आग्रहमा विवेकले हेलमेट प्रयोग गरेर हिँडेको थियो धेरैपटक। त्यसैले पुष्पाको शरीर र मनको सुन्दर वासना राम्रैसँग थाहा थियो। आज ती सुन्दरी पुष्पाको जवानी एक्लो र बेसहारा भएको आफ्नै आँखाले देख्नुपर्दा मुटु चिराचिरा भयो। आँसुका भल बगे उसका आँखाबाट।

तर उसको आँसु देख्नसक्ने क्षमता कसैमा थिएन। आज उसलाई राम्रोसँग ज्ञात भयो मान्छेहरु आफूसँगै आफ्नो विवेकलाई त मारिरहेकै छन्। आफ्ना सन्तान र समग्र परिवारको भविष्यलाई पनि पटकपटक मारिरहेका छन्।

यो तथ्यले निकै निराश बनायो। सायद आज जति बिचलित कहिल्यै पनि भएको थिएन। अब यो पृथ्वीलोकमा एकपल पनि बसिन्न। देवलोक गईछोड्छु। अठोट गर्यो उसले।

बरु खराउ भएर अरुका खुट्टामा सजिँदा बढी शान्ति मिलेको थियो। महादेवले उतै फिर्ता सरुवा गर्लान् नगर्लान् तैपनि एकचोटि एकान्त स्थलमा गएर कसैले नदेख्नेगरी तपस्या गर्छु। आफ्नो यस्तो निर्णयले मन सितल हुन्छ । र, राहतको लामो सास फेरेर विस्तारै आँखा चिम्लिन्छ।

भोलिपल्ट बिहान काठमाडौँको सडकमा एउटा पनि मोटरसाइकल गुडेका थिएनन्। घरघरमा होहल्ला मच्चिएको थियो। सबैका घरबाट हेलमेट गायब थिए। प्रहरीको १०० नं. र ट्राफिक प्रहरीको १०३ बजेका बजै थिए टिनिनि टिनिनि। सबैको एउटै गुनासो थियो मोटरसाइकल घरैमा छ हेलमेट मात्र हरायो हजुर। किन यस्तो भयो भन्नेमा प्रहरी पनि अचम्ममा परे।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ००:४३
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP