Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

झरी र झुपडी

Royal Enfield
Royal Enfield
जगन्नाथ मरासिनी

जगन्नाथ मरासिनी

gibl
gibl
gibl
gibl
जगन्नाथ मरासिनी।
जगन्नाथ मरासिनी।
Tata box 1
Tata box 1

कविता

यो झरी

यो झुपडी दुवै परिपूरक छन्

यहाँ धन हुनेलाई झुपडीले

झरी बुझाउँछ

झुपडी हुनेलाई पो यहाँ

झरीले रुझाउँछ

झरीबिनाको झुपडी

झुपडीबिनाको झरी

Ncell
Ncell

बडो कल्पना गर्दा पनि खल्लो लाग्छ

रातभर तप-तप चुहिने छानो

निथ्रुक्क भिजेको डस्नामा बिट फर्काउँदै

छेउमै डेक्चि थापेर सुतिने रातहरु

बहुत लामा हुन्छन्

बहुत दर्दनाक हुन्छन्

यो झरीझैँ

यो बर्खा झैँ

किनकी यो झरी र झुपडी परिपूरक छन्।


झुपडी नाम अनेक

छाप्रो, झुप्रो, टहरो, झोपडबस्ती

यस्तै न्वारान गरिरहन्छन् धनीहरु बेलाबेलामा

यो झरी पनि यस्तै नाउँ भिरिरहन्छ

बर्खा, पानीको झोल यस्तै बेलाबेलामा

र बेलाबेलामा तस्बिर खिचिन्छन्

अखबार छपाउँछन्

गरिबका समाचार बेचिन्छन्

धनी झन् धनी बनाइन्छन्

यता गरिबमाथि बहस गरिन्छन्

भाषण गरिन्छन्, चर्का चर्का

माहोल तताइन्छ खुबै

उता एउटा मान्छे

बर्खे झरि हेर्छ, रेडियो सुन्छ

फेरि झरी हेर्छ, अनि झुपडी हेर्छ

दुबै सामुन्ने छन् आँखै अगाडि

किनकी झरी र झुपडी परिपुरक छन्।


समयले न झरीलाई

प्यारो बनायो

न झुपडीलाई

खरको चुहिने छानैमुनि

जन्मिएको उ

त्यै छानोमा जवानी कटायो

त्यै छानोमा बुढ्यौली

बस हरेक साल खर(छानो) फेरिरह्यो

झरी लाग्नेबेला

हरेक साल झरी लाग्दै गयो

छानो फेर्नेबेला

किनकी उसलाई जन्मैदेखि थाहा छ

यो झरी र झुपडी परिपूरक छन्।


झुपडी- यो छाप्रो यसको बेग्लै कहानी छ

बेग्लै पीडा छ

एक्लै बेग्लिएको छ यो संसारदेखि

गाउँबाट परपट्टि अनकन्टारतिर

यसको भोक त्यस्तै बेग्लै छ

इतिहासदेखि, न इतिहासले देख्यो

न संसारले कतै यसका भित्ता कोट्यायो

बाँसका भाटाले बारिएका भित्ताहरु

हिलो छापेर लाइएका भित्ताहरु

कोट्याउने सामर्थ्य गरेन कहिले

न पहेँलो बोराको ढोका पन्छाएर हेर्यो

न टिन ढकढकायो

एउटा भोक छ यसभित्र

भोको पेट छ,

फाटेको कपडा छ,झुत्रोझुम्रो

गुन्द्री को बिस्तारा छ

चिसो भुँइ छ

त्यो तिम्रो सहरको कटेज हैन हेर

यो त गरिबको झुपडी हो

तिम्रो भाषाले 'हट' भन्ने यो टहरो

यसलाई हेरक साल झरीले धुरुक्कै रुवाउँछ

झरी कटाउनु र काल कटाउनु उस्तै-उस्तै हुन्

किनकी यहाँ झरी र झुपडी परिपूरक छन्।


हिजो झुपडी पस्नेहरुले

आज सहर पसेका छन्

सिमेन्टको छत पाएका छन्

सिमेन्टमा त झरीले

छुने हिम्मत गर्दैन

यता मेरो झुप्रो चुहाउने झरी

यता यो टहरो बगाउने झरी

यो झुपडीले नापेको १० भित्ता जमिन

पनि बगाइरहन्छ

यो झरी, झरीरहन्छ,

झारीरहन्छ पानीको झोल

यी मेरै टहरामा, मेरै छातिमा दर्किन्छ झोल पनि

तर, तर डराउँछ ती इँट्टा छुनपनि

ती इट्टा टालेको सिमेन्ट भिजाउँछ

अनि फर्किन्छ गगडगडाउँदै यिनै टहरामा

उसैगरी रिस फेरिरहन्छ

यिनै कमजोर भित्ताहरुसँग

यी निरीह भित्ताहरु सहिरहन्छन्

किनकी भित्ताहरुलाई पनि थाहा छ

यहाँ झरी र झुपडी परिपूरक छन्।


कसैले गरिबी देखाएर खाएका छन्

कोही गरिबलाई देखाएर खाएर छन्

कोही बिल्डिङमा

गरिब भत्ता खाएका छन्

कोही लेखेर खाएका छन्

कोही देखेर खाएका छन्

बस सबै सबैले खाएकै छन्

भोको कोहि रहेनन् यो मुलुकमा

बस उहीँ गरिब भोकले पुस्तौँदेखि

थलिएको छ

रोगले गालेको छ

महामारीले पनि चिनिहाल्ने गरिब

गरिबी यो मुलुकको एक साझा

चौतारो हो,

गरिखाने भाँडो हो

फेरि यता झरी लागेपछि

गरिबका कहानि लेखिन्छन्

अखबारमा गरिब देखाइन्छन्

झरी आइरहन्छ

भत्ता, राहत आइरहन्छ

उ पल्लो गाउँसम्म

उतै परै सकिन्छ

सबलाई थाहा छ

तै नि सब चुपचाप छन्

यता फेरि उ झरी हेर्छ

तपतप चुहिरहने खर

त्यै छानो हेर्छ, चित्त बुझाउँछ

किनकी यहाँ सबैलाई थाहा

यो झरी र झुपडी परिपूरक छन्।


गरिबको परिभाषा नभएको देशमा

भाग्य बदल्न नसक्नेहरु

वर्षौपिच्छे छाना बदल्छन्

न झरीले छाड्छ

न काल आउन्जेल सम्मै झुपडिले छाड्छ

गरिबलाई जन्मैदेखि नछाड्ने झरी

झरी छल्न नसक्ने छानो

न हुलासले ठाउँ पाएको छ

न त ढुङगाको गारो लाएको छ

बस, उहीँ खरेटोको बारमा जिन्दगी गुजार्नेलाई जन्मैदेखि थाहा छ

यो झरी र झुपडी परिपूरक छन्।।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:४४
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP