हुकुम गर्ने
मनमै छ श्रीपेच
छ श्रीमान, छ।
मनको कुरा
जनतालाई के था’
हो नि श्रीमान!
लेख्नै पर्दैन
मनैमा छ श्रीपेच
संविधानमा।
अचम्मकै छ
मनको श्रीपेच त
हो, श्रीमान हो।
श्रीपेच किन
बोलेरै हुन्छ भने
नलेखे हुन्छ।
देखाउनुपर्छ
श्रीपेच कस्तो हुन्छ
यो पुस्तालाई।
हो महाराज
अब देखाउने हो
राम मन्दिर।
धेरै टाढा भो
जनकपुरधाम
अयोध्यापुरी।
विरगंज ठोरी
एकै दिनको दूरी
जनक छोरी।
घरै ढलोस्
मन्दिर पस्नु पर्छ
लडाकू खोज्न।
हो, महाराज
बाजेको यो तमासा
रोकिनु पर्छ।
बा’ले विस्तारै
कदम चाले हुन्छ
मनको श्रीपेच।
सवारी भा’छ
मनका महाराज
नबोले हुन्छ।
न धामी झाँक्री
आफै वैद्य पनि हो
सुखी सम्बृद्धि।
किन लाउनु
दरबारको श्रीपेच
संग्रहालयको।
माथि होइन
श्रीमान् यो श्रीपेच
बराबर हो।
नसुहाउने
राजा-रानीकै किन
उस्तै हो शिर!