कविता
गुनासो त अझै छ बाँकी अलिकति
जिउन पनि त छ बाँकी कतिकति
अध्यारोसँग डराएर किन म बसु व्यर्थै
पार्छु बरू उज्यालो दीप बाली सके जति
बाटो छेक्नेहरू त छन् जताततै
तर डराउदिनँ म कसैसँग एकरति
सन्तापले तापले पोल्दा छहारी दिने पनि छन्
आभारी रही रहन्छु म सदा उहाँहरूप्रति
नहिँडेरै त को पुगेको छ र गन्तव्यमा
यात्रा मेरो जारी रहनेछ नभनी दिनराति