Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

पाखण्ड!

Nmb
Nmb
अनिता कोइराला

अनिता कोइराला

पुस २८
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

वार्षिक पुण्यतिथि थियो अन्तरीआमाको। 

केही कन्जुस्याइँ नगरी बरखी सम्पन्न  हुँदैथियो। श्रवण दाजु र भाउजूको खुबै गुनगान गर्दै थिए छिमेकीहरू। स्वर्गमा आमालाई भोग गर्न चाहिन्छ भनेर सारा सर्दाम ठीक्क पारेको, दान गर्ने सामान यथेष्ट थियो। तेह्र दिन नुन नखाए पनि भाउजूको मुहार उज्यालो नै थियो। अन्तरीआमा हुँदा प्रायः भाउजूको मुहारमा लाग्ने ग्रहण पनि हटिसकेको थियो। 

दिल खोलेर दानपुण्य गर्नुभएको छ श्रवण दाजुले आज, सबैले मुक्तकण्ठले प्रशंसा गर्दै थिए। मेरा आँखा तुलसीको मोठनेर सजाइएको सामानमा घुम्दै थिए। अचानक  मस्तिष्क अतीतमा डुबुल्की मार्न थाल्यो। मेरो कानमा श्रवण दाजुको त्यो बोली गुन्जियो।

'ठाउँ कुठाउँ केही विचार गर्नु छैन, अरूले लु खा, भनेका भरमा केही विचारै नगरी थपक्क बसेर हसुर्न तपाईंलाई लाज शरम, घिन केही लागेन। बाहुनकी बुहारी त्यो पनि विधुवाले यो उमेरमा त्यसरी अरूको अगाडि जे पायो त्यही घिच्नु हुन्छ, अलिकति दकस लागेन तपाईंलाई? 

बाहुन बूढीले यसरी इज्जत नै जानेगरी खान्छन् सार्वजनिक ठाउँमा, त्यो सम्धिनीको अगाडि छिः छिः 

सीमाका माइतीतिरका मान्छेहरू पनि टन्न थिए, के भने होलान् हे शिव! आफ्नो इज्जत नभए पनि कमसेकम हाम्रो इज्जतको त ख्याल गर्नुपर्छ नि।' 

श्रवण दाजुले अन्तरीआमालाई प्रायः यस्तै मर्मभेदी वाणीहरू प्रयोग गर्नुहुन्थ्यो। दाजुको बिच्छुकी बोली सुन्नेबित्तिकै भाउजूको पारो १०४ डिग्रीभन्दा माथि पुगिहाल्थ्यो। भाउजूलाई आगो निभाउने कला कहिले आएन। जहिले पनि आगोमा घिउ थप्ने विद्यामा निपूर्ण हुनुभयो-

'होइन चिरिनै मन लागेको भए घरमै चिरिएको भए हुन्थ्यो नि। किन यतिका वर्ष माछा, मासु खान्न भनेर नाटक गर्नु परेको थियो। जिब्रोले पानी छोड्दा छोड्दै के खान पण्डित्याइँ छाँट्नु परेको थियो। यस्ता ढोंगीहरूदेखि त मलाई कम्ता घृणा लाग्छ भन्या। अझ हेर्नू त, रातो दोपट्टाको सारीमा सजिएर पो सवारी भएको रहेछ, महारानीको। 

यो उमेरमा कस्तो अयस राम! राम! तपाईंकी आमाले लत्तो छोडेकै हो।' 

Ncell
Ncell

श्रवण दाजुका जोइपोई एकोहोरो बोल्दै थिए।

अन्तरीआमाको मुहारमा सहस्र अँगार पोतिँदै गयो। दाजु भाउजूको बोलीले मेरो मुटु पनि छियाछिया भयो। अन्तरीआमालाई थुर्नसम्म थुरे जोइपोई मिलेर।

आफ्नै अगाडि छोराले आमालाई हकारेको आड पाएर होला सीमा भाउजू अझ कराउँदै जानुभयो-
 
'कति सम्झाउनु तपाईंकी आमालाई। फिटिक्कै टेर्ने होइन। अस्ति सुत्ने पलङ्गमा हड्डी फेला पारेको थिएँ। बिरालाले ओसारेछ भन्ठानेको त राम! राम!! दुई खुट्टे बिरालोको काम पो रहेछ। खुला रूपमा खान्छु भने त भइहाल्थ्यो नि। नाटकै बढी। फेरि सुटुक्क खानु न त भनेर दियो भने- अब मर्नेबेला खान्नँ भनेर भनेर ढोङ्ग रच्नुछ। यो उमेरमा जिब्रो ठेगानमा भएन भने त कुल पिरोल्छ। हाम्रो केही चिन्ता छैन। खाली हसुर्ने कुरा मात्र गरेको हुन्छ। के भाको तपाईंको आमाको बुद्धि ध्यानै खाने कुरामा मात्र हुन्छ। अलच्छिना लाग्छ हौ! यस्तो भयो भने त। मीठो लाग्यो भन्दैमा धर्म नै भ्रष्ट गर्नु त हुन्न नि। समाजको पनि हेक्का छैन। भजन,कीर्तन गर्ने यो उमेरमा पनि कस्तो लालच! लाज मर्नु। कतैबाट निम्तो आउनु हुँदैन बुढी मान्छे नै जान ठीक्क परेको हुन्छ, राता लुगा  र गाजल घसेर उत्पातै हुन्छ राम! राम !! मनपर्दी खान पाइन्छ भनेर त होला नि नानी! मैले नसक्ने भएँ तपाईंकी आमालाई इज्जतले पाल्न।' नन्द आएको बेला सीमा भाउजू आफ्नो सीमा नाधेर सासूको बदख्वाइँ काढ्ने गर्छिन्।

सुनिता दिदी पनि ओठ चम्काउँदै आमासँग बोल्दै थिइन्। 

'आमा! दाजु भाउजूले ठीकै त भन्नुभएको छ नि। दाँत फुस्की सके लाजको पसारो अब त अति हुन्छ माछामासु खाँदा। एक वर्ष मासु नखाँदा भाकै थियो त। अनि फेरि किन खाको ? हाम्रो घरका बुढाबूढीहरू कस्तो निखित्ते गर्छन्, लसुन प्याजसम्म खाँदैनन्। धर्म कर्ममा कस्तो लीन छन्। आफ्नी आमालाई देखेर त  लाज लाग्छ भाउजू मलाई पनि। अबदेखि आमाले खान्छु भने पनि लसुन, प्याज नदिनु है भाउजू! तपाईंलाई नै पाप लाग्दैन। गिजाले मासु टोकेर खाएको कस्तो नसुहाएको छि: छि:। 

भन्देको छु नि आमा! अबदेखि माछा मासु कहिले  नखानू! पनिर, च्याउ खाए त भैहाल्छ नि। अबदेखि मासु खाएको चाल पाए म फर्किए आउँदिनँ तपाईंलाई भेट्न' 

छोरा, छोरी र बुहारी सबै मिलेर अन्तरीआमालाई हकारेपछि खाएको दुई टुक्रा मासु र भात ओकालौं कि पचाऊँ हुँदै थियो। भतेर खाएर आएदेखि अन्तरीआमाको हृदयमा पीडा र आँसुको हिमाल ठडिँदै गयो। 

पीडाको रापमा जब अन्तरीआमा अँध्यारोमा जब एक्लै हुनुभयो  तब हृदयमा ठडिएका अपमानका हिमालहरू बिस्तारै पग्लिन थाले। 

भालेको डाक बास्नै आँटेको बेला हुँदो हो। अन्तरीआमाको खाटबाट सुँक्क सुँक्कको आवाज अझै आउँदै थियो। मलाई अन्तरीआमाको अघोर माया लागेर आयो।

म खुसुक्क अन्तरीआमाको ओछ्यानमा घुस्रिन पुगेँ। मेरा दुबै हातले अन्तरीआमाका भिजेका आँखा पुछ्दै सोधेँ- कति आँसु बगाएको। भयो के, अब नरूँनू। 

अन्तरीआमाले मलाई चपक्क समातेर आफ्नो खोकिलोमा राख्दै हिक्क हिक्क गरेर बोल्न थाल्नुभयो।

'हेर नानी! तेरो अन्तरे बालाई सबैभन्दा मीठो मासु लाग्थ्यो। म पनि वैष्णवकी छोरी थिएँ। मासु खान खोजेको हुँदै होइन। मैले कयौं वर्ष मासु मुखमा हालेको पनि थिइनँ। बिहे गरेर आएपछि पनि निकै वर्ष खाइनँ तर तेरो अन्तरे बाले खुवाएर छोड्नु भयो यही श्रवण जन्मिएपछि हो बा! मेरो मुखमा मासुको स्वाद परेको।

जताबाट आए पनि बाले चिची ल्याउनु भयो भन्दै उफ्रिएर खुसी हुन्थ्यो। छोराछोरीको खुसीमा नै संसार अडेको छ जस्तो लाग्थ्यो आफूलाई त। तर सन्तानलाई हाम्रो खुसी किन पच्दैन नानी? 

हेर नानी! तेरा अन्तरे बा सधैं भन्नुहुन्थ्यो-  म मरेँ भने पनि रातो लगाउन नछोड्नु, खाँदै आएका कुरा मज्जाले खानू। म नभएको जस्तो कहिले नगर्नू। म माथिबाट हेरिरहन्छु।  तैंले पेटभरि खाँदा पो म अघाउँछु। अस्ति राति पनि सपनामा आएर भन्दै हुनुहुन्थ्यो 'ए श्रवणकी आमा! खसीको मासुको पिरो झोल र बास्मती चामलको भात खान, म भोकै छु।  तैंले खाइस् भने म अघाउँथेँ।  

म झसङ्ग भएर भनेँ- अनि भाउजूलाई भन्नुभएन त सपनाको कुरा? 

'मैले भनेका कुरा आफ्नै छोराले त सुन्न छाडिसक्यो बुहारीलाई के भन्नु। मान्छेका त बुहारीले छोराको कान भर्छन् आफ्नो त छोराले नै बुहारीको कान भर्छ बा! मासु खान बहाना बनाएकी यो बुढीले भन्छन् फेरि कुरो गरि साध्य छ र नानी ! त्यसैले केही भन्दिनँ। छोराबुहारीको हेलाको वचन सुनेर बाँच्नुभन्दा त फुसुक्क यो प्राण गए हुने। के गर्नु दैवले पनि सुन्दैनन्।' 

'अनि किन रातो सारी लगाउनु भएको त अन्तरीआमा?,' मैले कौतुहल भएर सोधेँ।

गहिरो उच्छवास लिँदै अन्तरीआमा बोल्नुभयो- नानी धमिलो लुगा लगाएका दिन सपनामा तेरा अन्तरेबा आएर मलाई हकार्छन्। मेरो अनुहार मलिन भयो भने उनी पनि अँधेरिन्छन्। आँखाभरि आँसु पार्दै दराजबाट बिहेका सारी निकालेर मलाई लगाइदिन थाल्छन्। मेरो आँखामा गाजल आफैँ लगाइदिन्छन्। जब म चिटिक्क पर्छु अनि मात्र हाँस्दै हिँड्छन्। के गर्नु स्वर्गमा गएका स्वामीलाई सुखी राख्न म सधैं चिटिक्क पर्छु तर छोराबुहारीले मेरो कुरा सुनेर उडाउँछन्, उत्ताउली बूढी नक्कल पार्नु परेको छ अनि नाना भाँती तुक्का लगाउँछे भन्छन् हेर्न के गर्नु।' 

अन्तरीआमाले मनमा कटकटिएका जम्मै मयल मसँग पकाल्नुभयो। 

धेरै दिनपछि अन्तरीआमालाई भेट्न भनेर श्रवण दाजुको घर गएको थिएँ। शनिबारको दिन थियो। खसीको मासु, कुखुराको मासु जम्मै थोक ल्याएर भान्सामा भोजै पाक्दै थियो। तर
भाउजूले चोखो पारेर हतार हतार पाकेको पहेँलो फर्सीमा झोल हालेर तरकारी र भात अन्तरीआमालाई कोठामै पुर्‍याइदिनुभयो। मासुको गन्ध थाहा पाएर अन्तरीआमा अन्तरेबालाई सम्झँदै बिहानदेखि रूँन थाल्नुभो। 

दाजु भाउजूलाई अर्ती दिन मन भए पनि दकस लाग्यो भन्न त मन थियो- अन्तरीआमालाई अघाउँन्जेल माछामासु खान दिऊँ। अन्तरेबाले खा भन्नु भएको छ रे! कम्तीमा अन्तरीआमाको मनमा त शान्ति छाउँथ्यो। आखिर मनले मागेपछि नखाएर पनि के धर्म भयो त! अरूले के भन्लान् भनेर आफ्नो आमाको इच्छा र स्वादलाई किन मार्छौ  दाजै। 

तर के गर्नु एकछिनको पाहुना हुन गएकी, मेरा ओठहरू त्यसै त्यसै बन्द भए।  खुसुक्क अन्तरीआमालाई चिहाउन गएँ। 

भान्सा कोठाको ठीक माथि बाहिरपट्टि अन्तरीआमाको कोठा थियो। अन्तरीआमा त भान्साको बास्ना सुँग्दै आँखाबाट आँसुका ढिका बगाउँदै हुनुहुँदो रहेछ। मलाई औडाह भयो। अनि हतार हतार भान्सामा कोही नभएको मौका छोपेर एक कचौरा झोल र एक फिर्को मासु चोरेर माथि उक्लिएँ अनि अन्तरीआमाको भातमा ह्वात्त खन्याएर  दाजु भाउजूलाई अल्मल्याउन तल झरें।

हामी सबै एकै ठाउँमा बसेर खाना खायौं। दाजु मक्ख परेर हाँस्दै बोल्नु भएको थियो। त्यही मौकामा दाजुलाई अनुरोध गरें- आमाले कसैगरी अन्तरीआमालाई लिएर आउनु भन्नुभएको छ दाजु! आज अन्तरीआमालाई लैजानछु है! एक हप्ता राखेर मै पुर्‍याउन आउँछु। 

दाजुभाउजू मुखामुख गर्दै थिए। म खुसुक्क मतानमा चढेँ। मैले अन्तरीआलाई पनि सँगै लैजाने कुरा सुनाएँ। आमा मक्ख पर्नु भयो।  दाजु भाउजूले बिदा दिएपछि अन्तरीआमा र म हिँड्यौँ।  
म सानो हुँदा जसरी अन्तरीआमा हाँस्दै कुरा गर्नु हुन्थ्यो बाटोभरि त्यसै गरी हाँस्दै हिँड्नु भयो।  घर पुग्दा झमक्क साँझ परेको थियो। थाकेर लखतरान भएकी अन्तरीआमा त हाम्रो घर पुग्दा निकै फूर्तिलो हुनुभयो। अनुहारमा जितको सूर्य उदाएका थिए। 

आमा र अन्तरीआमा मिलेर खाना पकाउँदा मीठा मीठा अतीतका कुरा गर्दै, हाँस्दै गरेको देखेर, श्रवण दाजुको घरमा भएकी अन्तरीआमा र अहिले हाम्रो घरमा खुलेकी अन्तरीआमालाई तुलना गर्न थालेँ। 

मलाई पीडाबोध भयो। अनि करूणाविगलित भएर बालाई गनगन गर्न थालेँ।

'बा! बा!! अन्तरीआमालाई हाम्रै घरमा राख्यौं न। यहाँ सबै थोक खान पाउनु हुन्छ अन्तरीआमाले।'

बाले हाँस्दै भन्नुभयो- हुन्छ !! हुन्छ ! म श्रवणलाई भन्छु एक महिना राख मेरी भाउजूलाई, दाजुले रानी बनाएर राखेका थिए उबेला आइमाईको भाग्य आफ्नै छोराको शासनमा बाँधिनु पर्ने रहेछ। 

बाले लामो आवाजमा खुइँया गर्दै भन्नुभयो- दाजुले माछामासु ल्याएका दिन आफ्नै हातले पकाएर छानीछानी खुवाउनु हुन्थ्यो भाउजूलाई। आफू सालाखाला खाएर राम्रो सफा मासु भाउजूलाई पेटभरि खुवाउनु हुन्थ्यो। अझ माछा ल्याउँदा त खान जान्दिन अन्तरी भन्दै आफ्नै हातले केलाएर खुवाउनु हुन्थ्यो। 

हे समय तँ किन यसरी घुम्छस्। तेरो लीला कस्तो कस्तो। हिजो भाउजूले भात र मासु खाएको देखेर मलाई रूँन मन लाग्यो। 

'हेर नानी! श्रीमानले पुलपुल्याएर राखेको स्वास्नी छोराको घरमा चोरसम्म बन्नु पर्‍यो। हे प्रभु! आखिर किन चाहियो यस्ता सन्तान।
हेर्दाहेर्दै भाउजूको यो अवस्था भयो।
मीठो नमीठो राम्रो नराम्रो केही नभनी ग्वाम्म ग्वाम्म 
त्यो भानी भात र मासु कसैले खान्छ। त्यसरी खाने मान्छे हो भाउजू? 
हे ईश्वर ! कति आँत रुखिएको रहेछ  मेरी भाउजूको।'

बाको मुहारमा घनघोर पीडा मडारियो अतीतको।

एक हप्ता भनेर ल्याएको अन्तरीआमा तीन महिना बसेर जानुभयो जाने बेलामा मलाई खुसुक्क भन्नुभयो- नानी ! अन्तरेबाले भनेको तीन महिनासम्म खानसम्म खाइस् अब अघाएँ खान्न माछामासु पुग्यो। घर गएर चोखो खाना खानु। अब चाँडै तँ र म सँगै बसेर चोखो खाना खानु पर्छ। 

अन्तरीआमाको मुहारमा सहस्र सूर्य उदाएको थियो त्यो दिन।   

म झल्याँस्स भएँ। श्रवण दाजुको घरमा गएको भोलिपल्ट नै अन्तरीआमा अन्तरेबालाई भेट्न जानुभएछ।

दान गर्न राखेको शय्याबाट अन्तरीआमाले मलाई पुलुक्क हेरेर हाँसेको जस्तै लाग्यो। 

अन्तरीआमा! अन्तरीआमा !! म चिच्याएछु। 

(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:२१
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP