Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati विचार
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

असनको साँढे

Royal Enfield
Royal Enfield
तीर्थबहादुर श्रेष्ठ

तीर्थबहादुर श्रेष्ठ

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Ncell

Ncell

काठमाडौं सम्झना–१

आजभोलि गर्दागर्दै ८० वटा वसन्तको स्पर्सले फुलेका केश कोरीकाँगियो गर्दै सेतोपाटीमा रगड्ने प्रयत्न गर्दैछु। काठमाडौंलाई सेतोपाटीमा कोर्न हौस्याउँदै छन्, मित्र सुदीप श्रेष्ठ।

काठमाडौं वीर अस्पतालको पश्चिममा अवस्थित महाबौद्ध चैत्यको पश्चिमी पाटोमा खुलेका बुद्धका आँखा सधैं आँखै सामुन्ने पर्थ्यो मेरो घरको झ्यालबाट बाहिर हेर्दा। ब्लक नम्बर १०/४३९ को त्यो घरको अहिले कुनै अस्तित्व बाँकी छैन। सम्झना भने झल्झली छ, किनभने त्यही घरको एउटा सानो कोठामा आमाले मलाई जन्माउनुभएको रहेछ।

वीर अस्पताल बीस कदमको दुरीमा भए पनि त्यहाँ प्रसूति सेवा थिएन। सबै नेपाली घरघरमै जन्मन्थे, काठमाडौं सहरमा। सुडिनी बज्यै (अजी) ले प्रसूति सेवा घरघरमै प्रदान गर्ने चलन थियो। त्यही सिलसिलामा परालको थाङ्नोमा पृथ्वीलाई पहिलो स्पर्स गरेको हुँ। मकलको आगो र उखुको खोस्टा बालेर आउने रापिलो तापमा तोरीको तेल मालिस र त्यसको स्पर्सानन्दबाट जीवन प्रारम्भ गरेको हुँ।

केही दिनपहिले मेरो छिमेकी टोल असन क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गरेको समाचार पढ्न पाइयो। त्यो चर्चाले असनतिर ध्यान मोडिन थाल्यो। असन भनेपछि उहिलेदेखि नै मानिसको घुइँचो लाग्ने स्थल थियो। चारै दिशाबाट आउने सातवटा बाटो त्यहाँ भेटिन्छ। खरिदबिक्री र व्यापारको दृष्टिले काठमाडौंको मुटु नै हो, असन।

हामी साग, तरकारी, नुनतेल, दाउरा, दालचामल, मसला, मिठाई, घ्यूचाकु, चिनी र सुपारी लगायत सबैथोक किन्न असन जान्थ्यौं। पसल जान मलाई साह्रै मन पर्छ। किनमेल गर्दा साहुजीले हामीलाई ‘फोसा’ दिन्थ्यो। फोसामा सख्खर चिउरा, मिश्री, नरिवल वा पिपलामेट पनि पाइन्थ्यो। आजकालको भाषामा फोसा भनेको ‘कमिसन’ हो। आजभोलिका कमिसनखोरलाई यो कुरा रमाइलो लाग्ला।

महाबौद्धबाट असन छिर्दा सबैभन्दा पहिले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यसको दक्षिणतिर गणेश मन्दिर छ। त्यसै पछाडिको बनिया पसलमा सबैथोक पाइन्थ्यो। अचेलको बोलीमा किराना पसल त्यसैलाई भन्नुपर्ला। असन चोकको बीचैमा, गणेश मन्दिरको बगलमा असनको माछा भेटिन्छ। प्रस्तर मूर्तिको त्यो माछालाई हामी पूजा गर्थ्यौं, मत्स्यनारायणका रूपमा।

जमिनबाट लगभग एक बित्ता माथि उठेको चारैतिर पत्थरको कलात्मक फ्रेमको बीचमा अलिकता बटारिएको जीउडाल भएको त्यो माछा असली असला माछाको प्रतिरूप थियो भन्ने मलाई लाग्छ। आजभोलि त्यस स्थलमा दुई–तीन फुटमाथि उठेको सानो चबुतरा (चौतारी) को मध्यभागमा एउटा प्रस्तर माछा देख्छु। मेरो स्मृतिको माछा त्यो होइन भन्ने पीडाले मलाई सताउँछ। कहाँ हरायो, कता लाग्यो मेरो स्मृतिमा सल्बलाउने माछा? म रनभुल्लमा छु।

मैले सुनेअनुसार कुनै कालखण्डमा त्यहाँ आकाशबाट साक्षात् माछा बर्सेको थियो। त्यसैलाई नारायण मानेर, त्यसको मूर्ति स्थापना गरेर पूजा आराधना गर्दै असनलाई धनधान्य र अन्नपूर्णले समृद्धितर्फ उन्मुख गराएको भन्ने विश्वास थियो। तर, मेरो मनमा सधैं एउटा प्रश्न उठ्ने गर्थ्यो। कहीँ आकाशबाट पनि माछा बर्सन्छ?

वर्षौं बितेपछि, स्कुल, कलेज र विश्वविद्यालय धाएपछि थाहा पाएँ, असनमा मात्र होइन, अन्यत्र पनि माछा बर्सेको घटना हुँदो रहेछ। हुँदो के रहेछ भने, कुनै मत्स्यकुण्ड वा जलाशयमा चक्रवात (साइक्लोन) पुग्यो भने त्यसको भुमरीले माछा, सर्प आदि जलचरलाई उडाएर बादलमा पुर्याउँदो रहेछ। त्यही बादल हुर्रिएर विभिन्न ठाउँमा वर्षा गराउँदा माछा पनि बर्सने गर्दो रहेछ। असनको माछा पनि त्यसरी नै बर्सेको होला भन्ने विश्वास गर्न थालेको छु।

असनको भिडभाडमा पाङ्ग्रे सवारीको घुइँचो र तिनको हर्नको कोलाहलमा मलाई अचेल टिक्नै गाह्रो छ। धन्य चारपाङ्ग्रे सवारीमा रोक लागेछ। उबेला ६०–७० वर्षपहिले चारपाङ्ग्रे होइन, चारखुट्टे (चौपाया) को बिगबिगीले पीडित हुन्थ्यौं, हामी बालबालिकाहरू। छाडा साँढे र गाईहरू बजारमा हुन्थे। बेलाबखत साँढे जुधाइले हुलमा जीउ जोगाउनै गाह्रो पर्थ्यो। यसै पनि गाई, साँढेका सिंगभन्दा टाढै रहनुपर्ने हुन्थ्यो।

बजारको छेउछाउमा धर्मात्मा साहुजीहरूले सिधे नुनका ठूल्ठूला ढिक्का गाई र साँढेका लागि छाडेका हुन्थे। नुन चाट्न पल्केका गाई, साँढेमध्ये केही भीमकाय साँढे असनमै तैनाथ हुन्थे। कोहीसँग नडराउने महशुर व्यक्तिलाई ‘असनको साँढे’ भन्ने उपनाम दिने चलन थियो। असनलाई साँढे प्रवेश निषेधित क्षेत्र गराउन पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो। धन्य अहिले चारपाङ्ग्रे साँढेलाई निषेधित गरिएछ।

उहिलेको असनको भिड अहिले सम्झँदा त्यो मेरो पूर्वजन्मको कथाजस्तो लाग्छ। यही जन्म र यही जीवनभित्रको परिवर्तनजस्तो लाग्दैन। त्यसबेला असनको भिडमा प्रायः सबै लोग्नेमान्छेको टाउकोमा टोपी हुन्थ्यो। बिनाटोपी बाहिर देखियो भने कसको जूठो लाग्यो भनी सोध्नुपर्ने अवस्था थियो। खुट्टामा जुत्ता लगाउने बहुतै कम थिए। आजभोलिको असनमा कसैको टाउकोमा टोपी देखिँदैन। जुत्ता नलगाएका कोही हुँदैनन्। टाउकोदेखि खुट्टासम्मको पहिरनमा देखिएको परिवर्तनलाई विकास र समृद्धिको द्योतक मानेर बसेको छु।

त्यसबेलाको नेपाल खाल्डोमा नमस्ते र नमस्कार भन्ने चलनै थिएन। हात मिलाउने (ह्यान्डसेक) जस्तो अभिवादन हाम्रो कल्पनाभन्दा परको कुरा भयो। वर्गविशेषमा सलाम, स्वस्ति वा जदौ तथा ढोगभेटको चलन थियो। दुई व्यक्तिको भेटघाटमा एकले अर्कालाई ‘भान्छा भयो, भात खायौ वा भुजा भयो’ भनेर अभिवादन गर्ने चलन थियो। अपराह्नतिर ‘खाजा खायौ’ भन्ने चलन थियो। नेवार समुदायमा ‘खाजा खायौ’ भन्नुको साटो ‘बजी नये धुन ला’ (चिउरा खायौ) भनेर अभिवादन हुन्थ्यो। यसबाट भोक, भोजन र खाना प्राथमिकताका चासो थिए भन्ने हामी बुझ्छौं।

धन्यवाद भन्ने शिष्टाचारका शब्द पनि प्रयोगमा थिएन। कोप्रति को धन्य भयो भन्ने कुरा अनुग्रहका आँखाले बोल्थ्यो र हृदयका कानले सुन्थ्यो।

असन बजारमा जातिअनुसारको ढोगभेटमध्ये बीच बाटोमा जुत्तै फुकालेर पनि खुट्टा ढोगाउने ज्वाइँनारायणहरू देख्दा चकित हुन्थेँ। शिष्य, जजमान र जनसाधारणलाई हात ढोगाउँदै आशीर्वाद दिँदै हिँड्ने गुरूपुरोहित र पण्डितहरू टाढैबाट चिनिन्थ्यो। कहिलेकाहीँ तिनबाट भागेर हिँड्ने गर्थें। स्कुलका मास्टर साहेब भेटिए पनि भागी भागी, लुकी लुकी हिँड्ने गर्थें। यी थिए, मेरा निजी स्वभावहरू।

असनमा अन्नपूर्ण मन्दिरकै छेउमा एउटा फराकिलो डबली छ। हाल त्यहाँ व्यापारी, साहु र तिनका मालसामान भरिभराउ हुन्छ। उनीहरू स्थायी रूपमै त्यहाँ विराजमान छन्। उहिलेका दिनमा त्यहाँ स्थायी पसल हुँदैन थियो। सामान्यतया दाउराको भारी र डोको बिछ्याउने स्थल थियो त्यो। दाउराको भारी र त्यसलाई बोक्ने नाम्लोले थिचिएका थाप्लाहरू झल्झली सम्झन्छु।

हाम्रा चुह्लोमा शिवपुरी र नागार्जुनका वन बल्थे। काठमाडौं वरपरका पहाड, पाखापखेरुबाट दाउरा काटेर, पुग–नपुग एक मन (४० किलो) भारी बोकेर असन आइपुग्दा चार–पाँच रुपैयाँ पनि तिनको हात लाग्दैन थियो होला। असनदेखि बुइगलसम्मै भारी बोकेर पुर्याइदिन्थे ती दाउरे दाजुभाइ र दिदीबहिनीहरू। निम्न आय भएका व्यक्ति एवं डेरा गरी बसेका मानिस असन बजारबाट मुठ्ठे दाउरा किनेर ल्याउँथे। यस्ता व्यक्तिलाई ‘कल्चा सिँ मान्चा जाकी’ अर्थात् ‘मुठ्ठो दाउरा मानो चामल’ भनी तिनको गरिबी वर्णन गर्ने चलन थियो।

मट्टीतेलको स्टोभ र चुह्लो धेरैपछि २०१७ सालताक मात्र प्रयोगमा आउन थालेजस्तो लाग्छ। नत्र भने मट्टीतेल टुकी र लाल्टिन बाल्न मात्र प्रयोग हुन्थ्यो। हाम्रो घरमा भने मेरो बाल्यावस्थादेखि नै बिजुलीबत्ती बल्थ्यो। बुइगलको झ्यालबाट टुँडिखेलको चन्द्रज्योति लिखित बिजुली अड्डा तड्कारो थियो। घन्टाघरको आवाज पनि सजिलै हाम्रो कानसम्म पुग्थ्यो। टुँडिखेलमा भोगटेको भकुन्डो खेल्न जाँदा त्यहाँबाट गौरीशंकर हिमाल र त्यहाँ गोपीचन्द्र राजाले घोडा चढेको हिमाली दृश्य एकअर्कालाई देखाउने र हेर्ने गरिन्थ्यो। अहिले भने छर्लङ्ग हिमाल र शुद्ध हावा काठमाडौंबासीका भाग्यबाट लुटिइसकेको अवस्था आइपरेको छ।

फेरि असन फर्केर हेर्दा चाडबाडको रौनक बेग्लै किसिमले सम्झनाभित्र अवतरण हुन्छ। तिहारको पञ्चक जुवामा कौडी हान्ने खालहरूमा बर्सने चाँदीका मोहरहरूको खनखन र छनछन आवाज सुनेर हामी मोहित हुन्थ्यौं। दाउ जित्नेले मार्रा भनेर मोहर सोहोर्दा हामी हेर्नेहरू पनि रोमाञ्चित हुन्थ्यौं। त्यस्तै, बालबालिकाहरूका लागि ठाउँठाउँमा लङ्गुरबुर्जा खेल खेलाइन्थ्यो। लङ्गुरबुर्जामा पैसा थापेर त्यसलाई डबलाई घर जाँदा नभएको जुँगादाह्री मुसार्दै जान्थ्यौं। कहिलेकाहीँ पैसा डबलाउने लोभमा घरबाट घ्यू किन्न लगेको सुकी (२५ पैसा) हारेपछि घुसरमुन्टो लगाई फर्कंदा आमाको गाली र बुबाको झापडले डाम परेको गाला सुम्सुम्याउँदै छिँडीमा रुनुपरेको अवस्था पनि बिर्सने कुरा भएन।

आज त्यही गाला सुम्सुम्याउँदै असनको भिडमा असन खोज्दै जाँदा कहीँ भेटिँदैन। त्यहाँ न असनको साँढे छ, न त असनको माछा नै सक्कली रूपमा भेटिन्छ।

अनि म, हराएको असनमा आफैं हराउँछु।

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १२:२०
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

विचार

समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
'ब्यालेट विद्रोह' का ६ सन्देश
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
जाने होइन त टीकापुर!
शासकका बाटामा काँडा बिछ्याउने कि फूल?
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP