नेपाली कांग्रेसको रोल्पामा भएका दुई प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
प्रदेश सभा क्षेत्र (क) को सभापति दुर्गाबहादुर खड्का विजयी भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।
साथै प्रदेश सभा (ख) को सभापतिमा गोपाल घर्ती विजयी भएका छन्।
उनी यसअघि पनि प्रदेश सभा क्षेत्रीय सभापति थिए। उनी संस्थापनइतर समूहका हुन्।
यहाँ प्रदेश सभा क्षेत्रको मतपरिणाम सोमबार सार्वजनिक गरिएको थियो।