नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर २ को सभापतिमा लालबहादुर सिंह विजयी भएका छन्।
सिंह एनपी साउद प्यानलका हुन्। उनले रमेश लेखकको प्यानलका उम्मेदवार नवराज जोशीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
सिंहले जम्मा खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर २ मा लेखक प्यानलका सबै उम्मेदवारलाई साउदको प्यानलले पराजित गरेको जनाइएको छ।
यस्तै, सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन्।
साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा विजयी भएका छन्।