नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को दुर्घटनामा परेर निधन भएको छ।
उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बाहक बसले ठक्कर दिएको थियो।
मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा बन्जाडे दुर्घटनामा परेका थिए। उनको बुधबार बिहान निधन भएको माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले जानकारी दिए।
बुटवल बेलबासका ५५ बर्षिय बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो। बन्जाडे मोटरसाइकल पछाडि सवार थिए। उनको उपचारको क्रममा निधन भएको हो।
मोटरसाइकल चालक पाल्पाका जितबहादुर थापा भने सामान्य घाइते छन्।