नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को अध्यक्षमा हरि लम्साल निर्वाचित भएका छन्।
उनी यसअघि पनि क्षेत्री सभापति थिए।
लम्साल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
उनले सभापति शेरबहादुर देउवानिकट काजिमान श्रेष्ठलाई हराएका छन्।
लम्सालले ४०२ मत ल्याउँदा श्रेष्ठले जम्मा २४२ मत मात्रै ल्याएका थिए।