नेविसंघका तीन जना महामन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
दीपक भट्टराई तनहुँबाट, मनोज वैद्य काठमाडौंबाट र युवराज पाण्डे स्याङ्जाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
भट्टराई तनहुँ क्षेत्र नम्बर १, वैद्य काठमाडौं क्षेत्र नम्बर ४ र पाण्डे स्याङ्जा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्।
उनीहरू खुलातर्फ महाधिवेशन प्रतिनिधि उठेका थिए।
नेविसंघमा उनीहरूलाई तदर्थ समिति महामन्त्री मनोनित गरिएको थियो। अब उनीहरू पार्टी राजनीतिमा सक्रिय हुने भएका छन्।