नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्।
उनको प्यानल नै निर्वाचित भएको छ।
उनले ४२२ मत ल्याएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट हुन्। उनका प्रतिस्पर्धी सर्बजित डिसीले २५७ मत मात्रै ल्याएका थिए।
पाण्डे क्षेत्रीय सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। यसअघि पनि उनी नै सभापति थिए।
सचिवमा खेमलाल चौधरी र हरिहर शर्मा निर्वाचित भए। सहसचिवमा गोविन्दकुमार वली र प्रकाशकुमार जिसी निर्वाचित भएका थिए।
दाङको क्षेत्र नम्बर २ र ३ मा भने मतगणना भइरहेको छ।