नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन्।
यो कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको क्षेत्र हो।
यहाँ खड्कानिकटहरूले नै अधिवेशन जितेका छन्। सभापतिमा जितेका डाँगीले ७१९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी बलबहादुर खत्रीले १०३ मत मात्रै ल्याएका थिए।
सचिवमा पदमबहादुर खत्री र मोहन राना, सहसचिवमा प्रेम सिंह ठकुरी र यामलाल पंगाली निर्वाचित भएका छन्।
प्रत्यक्ष तर्फको महिला सदस्यमा भद्राकुमारी योगी, प्रत्यक्षतर्फको पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भीमबहादुर बुढा र विनयकुमार सिंह निर्वाचित भएका छन्।
खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भीमबहादुर खत्री निर्वाचित भएका छन्।
यस्तै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरि भट्टराई, पूर्णबहादुर खड्का, लक्ष्मी पौडेल, हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि महामन्त्री रहेका खड्काले मंगलबार महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए।