नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ को सभापतिमा भीमप्रसाद खड्का निर्वाचित भएका छन्।
संस्थापन पक्षधर खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका चित्रबहादुर डाँगी (निर्मल) ले २६६ मत प्राप्त गरेका छन्।
बुधबार बिहान प्राप्त मतपरिणामअनुसार खड्काले डाँगीलाई १०० मत अन्तरले पराजित गरेका छन्।
त्यस्तै सचिव पदमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरेर बिजयी भएका छन्।
आरके सितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन्। त्यस्तै सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरि निर्वाचित भएका छन्। पाण्डे घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष हुन्।
दाङको निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६५१ मतदाता मध्य ६४२ मतदान भएको थियो। मंगलबार मतदान भएको थियो भने परिणाम बुधबार बिहान सार्वजनिक भएको हो।