नेपाली कांग्रेस लमजुङ जिल्ला कार्यसमितिको सभापतिमा टकराज गुरूङ निर्वाचित भएका छन्।
उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
उनले गमप्रसाद गुरूङलाई हराएका हुन्। सभापतिमा निर्वाचित टकराजले ६६९ मत ल्याएका थिए। गमप्रसादले भने ५३६ मत मात्रै ल्याएका थिए।
उपसभापति आनन्द घिमिरे र श्रीकान्त घिमिरे भएका छन्। सचिव भने कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन्।
सहसचिवमा नरबहादुर गुरूङ र विश्व पौडेल निर्वाचित भएको कांग्रेस लम्जुङले जनाएको छ।