नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाच क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा पनि संस्थापन पक्षको प्यानल नै विजयी भएको छ।
उक्त प्यानलबाट इन्द्रबहादुर रावल क्षेत्रीय सभापतिमा विजयी भएका छन्।
क्षेत्र नम्बर २ पौडेलनिकट नेता हृदयराम थानीको क्षेत्र हो।
क्षेत्रीय कार्यसमितिको सचिवमा दिलिपकुमार बस्नेत र बलबहादुर विष्ट, सहसचिवमा गगनबहादुर नेपाली र शेरबहादुर अधिकारी निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फको सदस्यमा काले कामी, चक्रबहादुर सिंह, देवबहादुर थापा, महिला सदस्यमा बसन्तीकुमारी बस्नेत निर्वाचित भएका छन्।
खस आर्यतर्फ छत्रबहादुर बडुवाल, सुशील भट्टराई, खस आर्यबाट महिला सदस्यमा सीता पौडेल गौतम, आदिबासी जनजातिबाट सुनिता लामा गुरूङ, दलितबाट नयनसिंह विक, दलित महिलाबाट भद्राकुमारी मिजार सदस्यमा निर्वाचित भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, तीर्थजंग शाही, नारायणप्रसाद सापकोटा, निरञ्जन केसी, यज्ञबहादुर बुढाक्षेत्री, विष्णुबहादुर खड्का, श्यामकुमार भारती निर्वाचित भएका छन्।
महिलाबाट प्रत्यक्षमा जानकी सिंह, धनादेवी विष्ट, मुक्तिदेवि पुरी, रुक्मणि रेग्मी निर्वाचित भएका छन्।
खस आर्यमा प्रत्यक्षतर्फ डिल्लीराम पाठक, देवकुमार सुवेदी, विवेक आचार्य चयन भएका छन् भने खस आर्यतर्फ प्रत्यक्ष महिलामा जयमाला योगी र हजुरा शाही निर्वाचित भएका छन्।
आदिवासी जनजातिबाट पूर्णबहादुर राना, आदिवासी जनजाति महिलामा अमृता पुलामी मगर, दलिततर्फबाट लोकबहादुर विश्वकर्मा, दलित महिलाबाट शान्ति पहाडी, मुस्लिम, मधेशी, थारु अल्पसंख्यक वा अपांगता कोटाबाट सतार वक्स केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
अधिवेशनबाट सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पनि संस्थापन पक्षको प्यानल विजयी भएको छ।
सुर्खेतका चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षले नै नेतृत्व लिएको छ।
नौ वटा पालिकामध्ये ८ वटामा पनि संस्थापन पक्षबाट कांग्रेसको नेतृत्व चयन भएको छ।