कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस सभापतिमा विष्णुप्रसाद ढकाल विजयी भएका छन्।
उनले रामचन्द्र पौडेल प्यानलका प्रतिस्पर्धी रामबहादुर विष्टलाई हराउँदै सभापतिमा विजयी भएका हुन्।
ढकालले जम्मा खसेको ४ सय ८३ मतमध्ये ३ सय ५७ प्राप्त गरेका छन्।
यस्तै, विष्टले ढकालभन्दा २ सय ९५ कम मत पाएपछि पराजित हुनु परेको हो।
सभापतिमा ढकालसहित कार्यसमितिमा देउवा प्यानल नै विजयी भएको कैलाली जिल्ला कांग्रेसका प्रचारप्रसार विभाग नृप सुनारले जानकारी दिए।
यस्तै, क्षेत्रीय चुनावमार्फत् २३ जना महाविधेशन प्रतिनिधि पनि चयन भएका छन्। जसमा एक जनाबाहेक अरू सबै सभापति शेरबहादुर देउवा पक्षका छन्।