नेपाली कांग्रेस १४ औं महाधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ कैलालीको सभापतिमा बसन्त रोकाया विजयी भएका छन्।
उनले दिनेशराज जोशीलाई ४८ मतान्तरले हराउँदै सभापतिमा विजयी भएका हुन्।
क्षेत्र नम्बर ४ मा जम्मा ५ सय ४६ खसेको मतमध्ये रोकायाले २७९ मत प्राप्त गरे।
यस्तै, उनका प्रतिद्वन्द्वी जोशीले २३१ मत मात्रै पाए।
समितिको पदाधिकारीमा सबै रोकाया प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्। उनीहरू सभापति शेरबहादुर देउवाको प्यानलका हुन्।