नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रूपनारायण जबेगू विजयी भएका छन्। प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन्।
गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी भएका हुन्। दाहालले भने ४१६ मत प्राप्त गरे। उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी भए। आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी भए।
सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी भए। सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गरे। यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी भए। सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गरे।
यस्तै निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी भए।
यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी भए। बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।