सरकारले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ।
जनप्रतिनिधि तथा प्रशासनिक नेतृत्वलाई प्रशिक्षण दिन प्रतिष्ठान स्थापना गर्न लागिएको हो।
संघीयताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्न तथा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्धबारे संविधानमा भएको व्यवस्था लगायतबारे यो प्रतिष्ठानले प्रशिक्षण दिनेछ।
प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न विधेयक मस्यौया प्रस्ताव पारित समेत भएको छ।
‘प्रतिष्ठान स्थापना नेपालमा संघीयतालाई मजबुत गर्ने ऐतिहासिक कदम सावित हुने विश्वास लिएको छु,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ।
प्रतिष्ठान स्थापना गर्न गत पुस १८ मा स्वीकृतिसमेत भएको छ।