नेकपा (एमाले) का संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आफू विधान कार्यान्वयन गर्ने ठाउँमा रहेको र आफूबाट पनि केही त्रुटि भएको बताएका छन्।
च्यासलमा शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा धारणा राख्ने क्रममा उनले आफूबाट पनि त्रुटि भएको बताए। उनले के-के कुरा त्रुटि भयो भन्न भ्याइसकेका थिएनन्।
उनले यसमा आत्मआलोचना गर्दै थिए, महासचिव शंकर पोखरेलले बीचमै रोके।
‘यो आत्मआलोचना गर्ने ठाउँ होइन, यसबारे पछि छलफल गरौंला, अहिले विधान संशोधन प्रस्तावबारे धारणा राख्नुहोस्,’ महासचिव पोखरेलले भनेका थिए।