संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयस्थित बतास समूहले भाडामा लिएको स्थानको निरीक्षण गरेका छन्।
आइतबार दिउँसो संग्रहालयका कर्मचारी, मन्त्रालयका कर्मचारीसहित उपस्थितिमा मन्त्री आलेले निरीक्षण गरेका हुन्।
उनले संग्रहालय परिसरमा भाडामा दिनुपर्ने कारणबारे जिज्ञासा राखेका थिए।
उनले त्यहाँ निर्माण भएका संरचनाका बारेमा चासोसमेत राखेका थिए।
उनले बंकर भित्रसमेत अवलोक गर्दै यो के हो भनि सोधेका छन्।