नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा इलाम माइपोखरीस्थित खाल्डे पुगेका छन्।
सात युवालाई सात खाल्डो खन्न लगाएर ०१९ साल कात्तिक २४ मा जिउँदै गाडिएको ठाउँमा शर्मा पुगेका हुन्।
तत्कालीन राजा महेन्द्र शाहको निरंकुश कदमको विरोध गर्दा उनीहरूलाई खाल्डोमा गाडिएको थियो।
त्यसबेला तुलाबहादुर राई, खड्गबहादुर राई, तेजबहादुर राई, बलबहादुर गुरुङ, जितबहादुर राई, डाकमान राई र लालबहादुर राईलाई खाल्डोमा पुरिएको थियो।
सात जनालाई खाल्डोमा पुरिएको उक्त ठाउँ अहिले सात खाल्डे नामले परिचित छ।
कांग्रेसको सदस्यका रूपमा निरंकुशता अन्त्य गर्नका लागि युवाहरूले विद्रोहको झण्डा उठाएको बताइएको छ।