जिल्ला प्रशासन कार्यालयबाट पुन: नागरिकता लिएलगत्तै रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्।
आइतबार बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापति चयन गरेको रास्वपाका नेता दीपक बोहोराले सेतोपाटीलाई जानकारी दिए।
रास्वपाको केन्द्रीय समिति बैठक जारी छ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, १७:०६:००