जिल्ला अदालत काठमाडौंले ‘मीम नेपाल’का कमेडियन आर्टिस्ट प्रनेश गौतमलाई थप २ दिन हिरासतमा राखी मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ।
‘वीर विक्रम- २’ नाम गरेको सिनेमाको युट्युबमा समिक्षा गर्दा सिनेमा क्षेत्रको दुष्टाचार गरेको भन्दै प्रहरीले उनलाई ५ दिनअघि (जेठ २४) पक्राउ गरेको थियो।
उनले उक्त फिल्मको व्यङ्ग्यात्मक शैलीमा समिक्षा गरेका छन्। यसरी समिक्षा गर्दा आफ्नो सिनेमा नहेर्न प्रोत्साहन गरेको, आफ्नो सिनेमामा काम गरेका कलाकारको मानमर्दन गरेको लगायतका आरोप लगाउँदै निर्देशक मिलन चाम्लिङ्ले जेठ १० गते जाहेरी दिएका थिए।
प्रहरीले त्यही जाहेरीका आधारमा अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
उनीमाथि ‘विद्युतीय कारोबार ऐन उल्लंघन’ आरोप लागेको छ।