पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार ट्रकमा ठोक्किँदा कारमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ४० वर्षीय गोर्कण पौडेलको मृत्यु भएको हो।
कार गए राति ११:३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाएको थियो।
पौडेलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सोही कारमा सवार बुटवल उपमहानगरपालिका ४ का ३१ वर्षीय सुरेश पोखरेल घाइते भएका छन्। घाइते पोखरेलको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चालकसहित ट्रक र कार इलाका प्रहरी कार्यालय सुनवलले नियन्त्रणमा लिएको छ । रासस