प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए।
पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।