भर्खरै स्थापना गरिएको कर्णालीकै ठूलो राशिको साहित्यिक पुरस्कार वितरण गरिएको छ। कर्णाली साहित्य समाजले स्थापना गरेको उक्त पुरस्कार कथाकृति ‘मरीचिका’, लेखक बुद्धिसागर र श्यामल अधिकारीलाई प्रदान गरिएको हो।
शनिवार एक कार्यक्रमका बीच कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’ लाई प्रदान गरे।
हजारौं पृथ्वी हजारौ आकाश कविता सङ्ग्रह लगायत कर्नाली ब्लुज, फिरफिरे लगायत कृतिका लेखक बुद्धिसागरलाई २५ हजार राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको छ। यस्तै साहित्यकार श्यामल अधिकारीलाई ताम्रापत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान प्रदान गरिएको छ।