हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ।
नवलपुर घर भएकी करिब २५ वर्षकी अजिता भुजेलको शव शनिबार विहान फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको छ।
घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रासस