दाङमा सोमबार नयाँ ५८ जना संक्रमित थपिएका छन्।
सोमबार जिल्लाको गढवामा सबभन्दा धेरै २२ जना संक्रमित थपिएका छन्।
बबईमा १०, घोराहीमा ९, तुलसीपुरमा ८, राप्तीमा ५, र शान्ति नगर र दंगिशरणमा समान २/२ जना नयाँ संक्रमित थपिएका हुन्।
विभिन्न पालिकाहरूमा थपिएका प्राय: सबै संक्रमित छिमेकी देश भारतबाट आएकाहरू हुन्। तर तुलसीपुरका ५ जना भने कुवेतबाट आएर क्वारेन्टिनमा बसेकाहरू हुन्।
योसँगै दाङमा मात्रै संक्रमितको कुल संख्या ५८६ पुगेको छ।